नेकपाको मंगलबार सचिवालय बैठक बस्ने

काठमाडौं,बैशाख,१५-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।

फाईल : तस्विर

सोही बमोजिम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंगलबार सचिवालय बैठक बोलाएका छन् । दुई पक्षका नेताबीच मन माझामाझ भएपनि कुनै निष्कर्ष भने ननिस्केको नेता रघु पन्तले सचारमाध्यमलाई बताउनु भएको थियो ।

यसअघि सोमबार विहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो । त्यसपछि दुबै पक्षका वार्ता टोली छलफलमा बसेका थिए ।

छलफलमा ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई खटाएका थिए  भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

नेताहरुबीच मंगलबार सचिवलाय बैठक गर्ने र त्यसको केही समयपछि मात्रै स्थायी कमिटीको बैठक बोलाउने अनौपचारिक सहमति बनेको बताइएको छ ।