बिबेकशीललाई न्यानो आथित्यता

नेपालगन्ज,मंसिर,१४-

बिबेकशील साझा पार्टीका तर्फबाट बाँके क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र कुवँर र प्रदेशसभा ख का उम्मेदवार विनोद कर्णप्रती जनलहर बढ्न थालेको छ ।

आज विहीबार सल्याणी बगला, बसपार्क र फुलटेक्रामा चुनावी घरदैलो गरेका उनीहरुले त्यसक्षेत्रका नागरिकहरुबाट न्यायो आथित्यता पाएका छन् । ‘अधिकांश मतदाताहरुको भनाइ थियो पुराना पार्टीले मुलुकलाई परिवर्तन गर्न सकेनन् अव तपाईहरुले नै परिवर्तनको बागडोर लिनु पर्यो ।’

पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले नेपालगन्ज र कोहलपुरमा चुनावीसभालाई सम्वोधन गरेपछि बिबेकशील साझा पार्टीप्रतीको जनलहर बढ्दै गएको हो । मुलुकलाई भ्रष्टाचारको चंगुलबाट उकास्न पनि विवेकशील पार्टीको बिकल्प नभएको निष्कर्षमा मतदाताहरु पुगेका छन् । एक मतदाताले भने–‘सधै पुराना पार्टीलाई मत दिएर के गर्नु विकासको नाममा लुटतन्त्र मच्चाए, अव मन र मत दुवै परिवर्तन गर्ने निष्कर्षमा पुगियो ।’

विहिबार खजुरामा क्षेत्र नम्बर ३ ख का प्रदेशसभाका उमेदवार अमित लामाको टिमले पनि घरदैलो अभियानलाई तिव्रता दिएको छ । लामाको टिमले खजुरा गाउपालिका ३ धवलागिरी, वि गाउँमा घरदैलो गरेकोे छ । लामालाई खजुराका युवाहरुले प्रचार प्रसारमा साथ दिएका छन ।

प्रदेशसभाका उमेदवार लामा युवा भएकाले पनि त्यस क्षेत्रका युवा र बयस्कले समेत साथ दिएका छन । यो पटक राष्ट्रिय पार्टी अर्को पटक देशको नेतृत्व नारासहित चुनावी मैदानमा होम्मिएको विवेकशील साझा पार्टीले अन्य जिल्लामा जस्तै बाँकेका अधिकाश युवा पुस्ताको मन जितीरहेको छ ।

रञ्जु दर्शना नेपालगन्जमा
बिबेकशील साझा पार्टीका केन्द्रीय सदस्य रञ्जु दर्शना शुक्रबार नेपालगन्ज र खजुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् । पार्टीले शुक्रबार त्रिभुवन चोकमा दिउँसो २ बजे आयोजना गरिएको चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका बाँके संयोजक चिरञ्जीवि शर्माले जानकारी दिए । खजुरा बजारमा पनि रन्जुले विहान ११:३० बजे चुनावी सभालाई सम्बोधन गर्ने शर्माले बताए ।