विश्वकप फुटबल छनोट : आज नेपाल र लाओस भिड्ने

‘नेपालले आक्रमक फुटबल खेल्नेछ’ काठमाडौं,असोज,३०-नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओसविरुद्ध आज मंगलबार दोस्रो लेगको म्याच खेल्दैछ।

दशरथ रंगशालामा पहिलो लेगको खेलमा नेपाल र लाओसको बराबरीमा सकिएको थियो।नेपाल दोस्रो लेगको म्याच खेल्न लाओसमा रहेको छ।  

यस्तै : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटमा लावोसविरुद्धको दोस्रो लेगमा आक्रमक फुटबल खेल्ने बताउनु भएको छ।

मंगलबार लाओसविरुद्ध दोस्रो लेगमा उत्रन लागेको नेपाली टिमका प्रशिक्षक एनिसले खेलका लागि आफुहरु तयारी अवस्थामा रहेको बताउनुभयो। 

 
 

उहाँले भन्नुभयो‘हामीले राम्रो तयारी गरेका छौं।यो खेल नेपाल र मेरा लागि उत्तिकै महत्वपुर्ण छ।यो कठिन हुनेछ।तर यसका लागि हामी तयार छौं।’एनिसले थपे, ‘हामी आक्रमक फुटबल खेल्नेछौं। लाओसले काउन्टर आक्रमणको फुटबल खेल्नेछ।हामी उसलाई सम्मान गर्छौ।तर हामीले सकारात्मक सोच राख्न जरुरी छ ।’ 

उहाँले पहिलो खेलमा लाओसले धेरै समय खेर फालेर खेलेको उल्लेख गर्दै रेफ्रीका निर्णय समेत आफ्नो पक्षमा नभएको बताउनुभयो ।

यसबैविच: नेपाली टिमका कप्तान किरण कुमार लिम्बुले लाओसविरुद्धको खेल महत्वपुर्ण रहेको उल्लेख गर्दै आफुहरुले सुन्दर खेल खेल्न चाहेको बताउनुभयो । 

‘पछिल्लो खेल साच्चिकै दुखद थियो।हामीले राम्रो तारी गरेका छौं । जितेर अघि बढ्ने लक्ष्य राखेका छौं।’ किरणले भन्नुभयो, ‘पहिलो खेलको पहिलो हाफमा हामीले धेरै गल्तीहरु गर्यौ।टिमका खेलाडीहरु मंगलबारको खेलका लागि उत्साहीत छन्।दशैंको अवसरमा समर्थकहरुलाई हामी राम्रो नतिजा दिन चाहेको बताउनुभयो।