सुविधा सम्पन्न सहित जे.एस बोडिङ्ग स्कुल नेपालगन्जको कोरियनपुरमा सन्चालन

नेपालगन्ज,फागुन,१०-

बाँके जिल्लाको जानकी गाउँ पालिमा वडा नं ३ क‍ोरियनपुरमा सुविधा सम्पन्न रुपमा जे.एस बोर्डिङ स्कुल नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याउने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ संग जोडिएको जानकी गाउँ पालिका वडा नं ३ मा बिद्यार्थीहरुका लागि सुविधा सम्पन स्कुल सञ्चालनमा ल्याएको नयाँ व्यवस्थापनका प्रिन्सिपल सहेन्द्र चौधरीले बताए ।

हाल उक्ति स्कुलमा मोन्टेश्वरी सहित आधारभूत तह सम्म पढाइमा हुने उक्त स्कुलका अध्यक्ष दामोदर घिमिरेले बताए ।

सानासाना बालबालिकाहरुलाई मध्यनजर गरी कक्षा कोठामा एलईडी, एसी , खेलौना सामाग्रीहरु, बिद्यार्थी मैत्री बेन्च डेक्स, स्वस्थ क्यान्टिनको व्यवस्था रहेको बिद्यालय व्यवस्थापन समितिका  सदस्य तथा नेपाल बैंक लिमिटेडका शाखा प्रवन्धक समेत रहेका भरत पौडेलले बताए ।

बिद्यार्थीहरुलाई बिद्यालयमा ल्याउन लैजानका लागि यातायातको साधन बस, स्कुल भ्यानको समेत व्यवस्था गरिने अध्यक्षले बताए ।