कोहलपुरमा बस र कार ठोक्कियो :१६ यात्रु घाईते ४ को अवस्था गम्भिर

कोहलपुर,फाल्गुन,१०-

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालीका को रोहीनी खोला नजिकै शुक्रबार बस र कार एक आपसमा ठोकिदा १६ जना घाइते भएका छन् ।

धनगढीबाट बुटवलतर्फ जाँदै गरेको ना४ख ९२४२ नंम्बरको यात्रुबहाक बस र बा४ख १४२४ नम्बरको कार एक आपसमा ठोकिँदा  १६ जना यात्रु घाईते भएका हुन् । 

घाइते भएका १६ जनामध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

अपडेट……….