शुक्रबारे अतिरिक्त क्रियाकलापमा एनएमसिले बोलायो काठमाडौंका एक्स्पर्ट अध्यापक

नेपालगन्ज,फाल्गुन,१०-
नेपालगन्जको प्रतिष्ठित कलेज “नेपालगन्ज मल्टिपल क्याम्पस”(एनएमसी)मा शुक्रबार स्पेसल क्लास सम्पन्न भएको छ।

शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत यो हप्ता कलेजले विद्यार्थीको लागि स्पेसल काउन्सिलिङ्ग क्लास गरेको हो। यस भन्दा अगाडिका हप्तामा कलेजले सामाजिक सहयोग, हाजिरी जवाफ, सरसफाइ लगाएतका उदाहरणीय कार्यक्रम गरिसकेको छ।

बिबिएस पढ्ने विद्यार्थीहरुलाई थप अतिरिक्त थप ज्ञान प्रदान गर्ने उद्देश्यले यस हप्ता कलेजले इम्प्रेरियल बिज्नेस कलेज काठमान्डौका चिफ डाइरेक्टर तथा फाइनास्का बरिष्ठ अध्यापक प्रताप शाक्य र सोही कलेजका प्रीन्सिपल तथा स्टाटिक्टिक्सका वरिष्ठ अध्यापक प्रजित तिमिल्सिनालाई बोलाइएको क्याम्पस प्रमुख थानिश्वर पाण्डेले बताउनु भयो ।

उक्त स्पेसल क्लासमा वरिष्ठ अध्यापक शाक्यले बिबिएस दोस्रो वर्षका विद्यार्थिहरुलाई शेयर मार्केटको बारेमा र अर्का वरिष्ठ अध्यापक तिमिल्सिनाले उच्च शिक्षाको लागि नेपालमा के कस्तो अवसर छ, व्यवस्थापन शिक्षाको स्कोप कति छ जस्ता लगाएतको बारेमा जानकारी दिएको स.क्याम्पस प्रमुख थमन केसीले बताउनु भयो।

साथै यस्ता महत्वपूर्ण स्पेसल क्लासले आफ्नो ज्ञान तथा क्षमता वृद्धि गर्न धेरै सहयोग पुगेको बिबिएस दोस्रो वर्षका विद्यार्थीहरुले बताएका छन। विद्यार्थीहरुले आगामी दिनहरुमा पनि अन्य कार्यक्रम सन्चालन गर्न कलेज प्रशासनलाई आग्रह समेत गरेका छन।