जापान र भारतविच ठूलो आर्थिक सहयोगमा सम्झौता

जापाले भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने

काठमाडौं,चैत्र,६-जापाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको छ।

जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र किसिदाबीच रुस–युक्रेन युद्ध र एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ।जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक शहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ । जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ ।

एशिया प्रशान्त क्षेत्रका दुई ठूला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउँ पुर्याउने विश्वास समेत गरिएको छ ।