कैलालीको बौनियांमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

पवन मुडभरी/

बौनियां,पुष,१४-
कैलालीको बौनियांमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरीया २ सडकपुर बौनियांमा विहान ४ बजे नाम ठेगाना नखुलेका एक व्यक्तीलाई घाईते अवस्थामा बौनियां प्रहरीले देखेपछि टीकापुर अस्पताल पठाएको र उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियांले जानकारी दिएको छ ।

अन्दाजी ३५ वर्षिय ती व्यक्तिको टाउकोमा चोट लागेको र उनलाई मोटरसाईकलले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बौनीयांमा गएराती मोटरसाईकल दुर्घटना हुंदा २ जना घाईते भएका छन । गएराती से ४ प ४०५९ नम्मरको मोटरसाईकल बौनीयांमा गाईसंग ठोकिंदा लम्कीका अरुण चौधरी र जय गुप्ता घाईते भएका हुन ।

अत्याधिक मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएकाले दुर्घटना भएको र उनीहरु दुवै जनाको बर्दगोरीया अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर ट्राफिक नियम उलंघन गरेको भन्दै उनिहरुलाई कार्वाही गरीने प्रहरीले जानकारी दिएको छ ।