राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीत अध्यादेश जारी गरेसी ओली आक्रोशित

काठमाडौं, पुस,१४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको दबाबमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्मविपरीतको अध्यादेश जारी गरेको बताउनु भएको छ ।

आज एमाले मुख्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा उनले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गर्नुभयो ।

आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको ओलीको आरोप थियो ।

सरकारले देशको अर्थतन्त्रलाई धरापमा पार्ने किसिमले जथाभावी पैसा बाँडेको र मनपरीरुपमा आफन्तहरुलाई विभिन्न निकायमा नियुक्त गरिरहेको भन्दै उहाँले आक्रोशसमेत ब्यत्त गर्नुभयो ।