खजुरा महोत्सवमा मेक्सम र ज्योतिले गाउँदा उफ्री उफ्री नाँचे दर्शक

नेपालगन्ज,फाल्गुन,१-
माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालन भैरहेको महोत्सवमा आज लोक तथा दोरी गायिका ज्योती मगर र गायक मेक्सम खाती क्षेत्रीले प्रस्तुती दिएका छन ।

पछिल्लो समयका व्यस्त गायकका रुपमा परिचय बनाइसकेका मेक्समले आफुलाई चिनाएको चर्चित गीत “मेरि सानू कहाँ छौ“ गाउँदै स्टेज उक्लेका थिए । युवायुवतीका लोकप्रीय गायक खातिलाई देख्ने बित्तिकै दर्शकहरुले तालिले स्वागत गरेका थिए ।

मेक्समले पालैपालो तोरि पहेँलै, रसिलो छ बोली, अचम्मैको प्यार लगाएत करिव दर्जन गीतहरु गाएर दर्शकहरुलाई नचाए । मेक्सम पछि पालो पाएकी मोडल तथा गायिका ज्योती मगरले पनि दर्शकहरुलाई अत्याधिक मनोरन्जन प्रदान गरीन ।

चर्चित गीत उहि मुलाको सिन्की, जाले रुमाल, जिम्वाल बाउकी छोरी, ढाडे बिरालो , सुर्खेत बुलबुले तालमा लगाएत करिव दर्जन गीतहरु गाएर दर्शकहरुलाई झुमाएकी थिइन।
दर्शकहरु माझ रमाईला ठट्यौली कुराहरु गर्दै रमाइलो गरेकी गायिकाले करिव साढे १ घण्टा प्रस्तुती दिएकि थिइन ।

महोत्सवमा ज्योती र मेक्समले प्रत्यक्ष दोहोरि पनि गाएका थिए । छिनको छिनैमा बोलको गीतमा दोहोरी गाउँदा दर्शकहरु नाँचेर साथ दिएका थिए । उक्त महोत्सवमा आठौँ दिन चर्चित लोक तथा दोहोरी गायिका प्रीती आले , चर्चित गायक जय देवकोटा साथै एकल नृत्य प्रतियोगिताका सङ्गै लाइभ दोहोरी समेत हुने प्रचारप्रसार उप समितिका संयोजक भागबत प्रसाद कडेँलले जनाए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ खजुरामा फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।