प्रधानमन्त्री देउवा प्यानलबाट विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

काठमाण्डौं,मंसिर,२६-नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। 

कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । 

प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन्। उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका हुन्।