मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा राती सुतेर बिहान मृत्यु अबस्थामा भेटिने नेपालिको सङ्ख्या बढ्दो

दिनेश खड्का (खप्तडी)

मलेसिया,असार, ६-

बिगत लामो बर्ष देखि मलेसियामाको राजधानी क्वालालम्पुर कार्यरत नेपाल कंचनपुर, महेन्द्रनगर घर भएका सुदूर पश्चिम सेवा समाज मलेसीयाको स्थापना काल देखि नै सक्रिय सदस्यको रुपमा कार्यरत डबल बहादुर बोहोरा आइतबार सुदुरपश्चिम सेवा समाज मलेसिया चौथो अधिवेशन तथा सास्कृतिक धमाका सकेर फर्केका बोहरा आफ्नै कोठामा सुतेकै सोमबार बिहाना मृतक अवस्थामा भेटिएका छन।

मृतक बोहराको पोस्टमार्टम रिपोर्ट नआए सम्म मृत्युको कारण एकिन भन सकिने अवस्था नभएको बताएको छ। मृतक बोहराका नेपाल मा श्रमति सहित दुई छोरा छोरी रहेको बुझिएको छ। पछिल्लो समयमा यता राती सुतेर बिहान मृत्यु अबस्थामा भेटिने नेपालि हरुको सङ्ख्या दिनहुँ दिन बड्दै आएको छ। यसै गरि सुदुरपश्चिम सेवा समाज मलेसियाले मृतक बोहराको दुख ब्यक्त गर्दै प्रेस बिज्ञप्ती जारी गर्दै सोमबार कालो दिनका मनाएको छ ।