नेपाल-चीन परामर्श संयन्त्रको बैठक सुरु

काठमाडौं, असार,६-

नेपाल–चीन परामर्श संयन्त्रको ११ औं बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

दुई मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल चीनबीचको आर्थिक सहयोग, लगानी, व्यापार, दुबै देशबीच सडक र हवाई मार्गबाट सम्पर्क विस्तारलगायत विषयमा परामर्श भएको थियो ।

चार बर्षपछि भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल भयो ।

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्दै जाने सहमति भएको छ ।

बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ् सेन युले गरेका हुन् भने २० सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास मैनालीले गरेका छन् ।

वैठकमा संघीय मामिला तथा स्थानीय विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, गृह अर्थ, वाणिज्य, उर्जा, कृषि, आपूर्ती, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु सहभागी रहेका थिए ।

नेपाल–चीन परामर्श संयन्त्रको दशौं बैठक यसअघि चीनको राजधानी बेइजिङ्मा भएको थियो । ईमेजबाट