आज अन्तराष्ट्रिय साक्षरता दिवश

काठमाण्डौं,भदौ,२३-
अन्तराष्ट्रिय साक्षरता दिवश आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सेप्टेम्बर ८ अर्थात विश्व साक्षरता दिवश ! सन् १९६५ मा युनेस्कोले हरेक वर्ष ८ सेप्टेम्बरको दिन लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।

विश्वभरीका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउनका यो दिवस विभिन्न तरिकाले स्वस्फुर्त रुपमा मनाउने गर्दछन् ।

साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्य एकजना पुरुष र दुईतिहाई महिलाहरु अझै पनी असाक्षर छन् र धेरैको अत्यन्न न्यून स्तरको साक्षरता
सिपहरु पाईएका छन् । धेरै बालबालीकाहरु अझै पनी विद्यालय जान पाउदैनन् र पाउनेहरु पनी दैनिकि विद्यालय जान सक्दैनन् ।

पश्चिमी र दक्षिणी एशिया लगायतका देशहरु साक्षरता गरमा अझै कमजोर देखिन्छन् । नेपालको परिपेक्ष्यमा डिजीटलको युग त्यसको प्रयोग गरेर डिजीटल शिक्षा र साक्षरताको लागी जनजागरण फैलीएको पाईदैन् । साक्षरता हुनु सबै जनाको दायीत्व हो ।

साक्षरताले मानवको परिचय र उसको संस्कारलाई अझै बृद्ध गर्दछ । अक्षर र अङ्कको महत्व अनी शिक्षाको उज्यालो मानवका लागी एकदमै जरुरी छ ।