मधेसी मोर्चासँग सहमति भई सहजरुपमा चुनाव हुन्छ: उपप्रधानमन्त्री महरा

रोल्पा, चैत ११-
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति हुने दाबी गर्नुभयो ।

आजरोल्पाको लिवाङमा सन्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन लगायतका विषयमा मधेसी मोर्चासँग सहमति हुने र सहजरुपमा स्थानीय तहको चुनाव हुने दाबी गर्नुभयो ।

प्रदेश सीमांकनको विषयलाई पछि टुंग्याउने गरी मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि मन्त्री महराले बताउनुभयो ।