सप्तरीमा गोली चल्दा,एक पदर्शनकारीको मृत्यु:मोर्चाद्धारा उदयपुरका अध्यक्ष राउतको गाडीमा तोडफोड

काठमाण्डौं,फागुन २३-
नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । अरु २०–२२ जना घाइते भएका छन् । सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको सभा सकेर एमाले नेताहरु हिँडेपछि झडप भएको थियो । त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

सभास्थल बाहिर मोर्चाका कायर्कर्ताले दिनभरी नै प्रदर्शन गरे पनि प्रहरीले उनीहरुलाई सभास्थलमा प्रवेश गर्न रोकेको थियो । तर एमालेको सभा सकिए लगत्तै प्रदर्शन मोर्चाका कार्यकर्ताले प्रहरीलाई नै ढुंगामुढा गरेका थिए । मेची महाकाली अभियानको तेश्रो दिन आज एमाले नेताहरु सुनसरीको इनरुवामा भएको कार्यक्रममा सहभागी भएर राजविराज आइपुगेका थिए । राजविराजमा भएको कार्यक्रमलाई संवोधन गरेपछि एमाले नेताहरुसहितको जुलुश सप्तरीकै कञ्चनपुरतिर लागेको छ । तर राजविराजमा भने प्रदर्शन जारी छ ।
Rajbiraj सप्तरीमा गोली चल्दा,एक पदर्शनकारीको मृत्युयसैविच
मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउत चढेको गाडीमा तोडफोड गरेका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको कार्यक्रममा भाग लिएर सप्तरीको राजबिराज जाने क्रममा राउतको गाडीमा तोडफोड भएको हो ।उदयपुरबाट एमालेको टोली लिएर मेची–महाकाली राष्ट्रिय अभियानमा भाग लिन गएका अध्यक्ष राउतको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगा हानेको र फुटेको सिसा र ढुंगाले लागेर राउद घाईते भएको जिल्ला सचिव परमेश्वर घिमिरेले बताउनुभयो ।

मेची–महाकाली राष्ट्रिय अभियानको लागि उदयपुरबाट ६ वटा यात्रुवहाक बस, २ सय मोटर साइकल र ३० वटा जीपमा एमाले कार्यकर्ता सहभागी भएका छन् ।आज सुनसरीको इनरुवा भएको कार्यक्रममा सहभागी भएका उनीहरु सप्तरी र सिरहामा हुने कार्यक्रममा पनि सहभागी हुन् छन् । घिमिरेका अनुसार मंगलबार सिरहाको गोलबजारमा हुने कार्यक्रममा उदयपुरका ५ हजार बढी एमाले कार्यकर्ता सहभागी हुने छन् ।
यसैगरी

नेकपा एमालेले मधेसी मोर्चाको विरोधकाबीच मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत् सुनसरीको इनरुवामा आज आमसभा सम्पन्न गरेको छ । सभामा लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरेका थिए । सभामा बोल्दै एमाले नेता लालबाबु पण्डितले दुईरचारजनाले लाठी देखाउँदैमा आफूहरु नडराउने बताए ।आफ्नो पार्टी ‘नुन खाएको कुखुरा नभएको’ भन्दै नजिस्काउनसमेत मधेसी मोर्चालाई चेतावनी दिनुभयो ।

सभामा एमाले नेत्री भगवती चौधरीले एमाले थारु, आदिवासी जनजाति, मुस्लिम सबै समुदायको पार्टी भएको बताउँदै सबै जनताले मत दिएर एमालेलाई पहिलो नम्बरको पार्टी बनाउनुपर्ने बताउनुभयो । एमालेर्को याली इनरुवा जानेक्रममा मधेसी मोर्चाका कार्यकर्ताहरुले कालोझन्डा देखाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा बसे पनि मन्तव्य भने स्थानीय मधेसी र थारु नेताहरुलेमात्र दिए का थिए ।अध्यक्ष ओलीले इनरुवाको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।