पद्मोदयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई

जंग बहादुर रेउले,
घोराही,फागुन,२४-

पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई गरिएको छ । शिक्षक विद्यार्थी समन्वय समितिले आयोजना गरेको कार्यक्रममा कक्षा ११ मा अध्ययनरत शिक्षा संकाय र व्यवस्थापन संकायका विद्यार्थी र विद्यालयका प्रचार्य तथा विव्यसका अध्यक्षले संयुक्त टिका लगाइदिएर सोमबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विधाई गरेका हुन ।

विद्यालयका विद्यार्थी पुनराम विश्वकर्माको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र कुमार घर्तिको प्रमुख अतिथी एवं विद्यायलका प्रचार्य डा. कृष्णराज डिसीको विशिष्ट आतिथ्यतामा विदाई कार्यक्रम  भएको हो ।कार्यक्रममा बोल्दै प्रमुुख अतिथी दिपेन्द्र कुमार घर्तिले शिक्षा आर्जन गर्नको लागि विद्यार्थी सधै मेहनती तथा जीज्ञासु हुन आवश्य रहेको बताएका हुन ।

मध्यपश्चिमकै पहिलो विद्यालय भएकोले विद्यार्थीलाई आफ्नो नामको साथ साथै विद्यालयलाई पनि चिनाउन जरुरी भएको बताए । त्यस्तै विशिष्ट अतिथी तथा विद्यालयका प्रचार्य डा. कृष्णराज डिसीले विद्यालय भनेको मन्दिर हो, जुन मन्दिरमा भगवान  भनेको विद्यार्थी हुन भने शिक्षक पुजारी  मात्र भएको बताएका थिए । राष्ट्रको जीम्मेवार नै विद्यार्थी भएको प्रष्ट पारेका हुन ।

पद्मोदयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई उनले भने देश विकास गर्नको लागि युवाको आवश्य छ , युवा भनेकै विद्यार्थी भएकाले राम्रो संग पढन र भोलिको दिनमा राम्रो व्यक्ति बन्न समेत विद्यार्थीलाई  सुझाव दिएका थिए । समाज दुइ किसिमको मान्छे हुन्छन, ठुलो र राम्रो  त्यसैले विद्यार्थी ठुलो होईन राम्रो मान्छे बन्न आग्रह गरे । विद्यालयमा करिव ५ हजार विद्यार्थी अध्ययन गरिरहेको बताए ।

विद्यार्थीले विदाई कार्यक्रमलाई थपस्तरिय तथा मनोरञ्जनात्मक बनाउनको लागि विभिन्न गीत र नृत्य प्रस्तुत गरेका थिए । जसमा मनिषा पुन मगर, सावित्रा बुढा, विपना मगर र जमुना थापाले एकल गीतमा गाएका हुन । भने तुलसा घर्ति, आषिस पाण्डे, आर एन योगी र याम कुमारी डांगीले एकल नृत्य तथा रञ्जु नेपाली, नेहा पुन मगर, सरिता भुषाल, श्रीस्मा बस्नेत, दिपा गिरी, अम्मर सेजुवाल, करुण विएम, एकराज गिरीले सामुहि नृत्य प्रस्तुत गरेका थिए ।

पद्मोदयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई विद्यालयका शिक्षक लोक बहादुर बस्नेत, सरद कुमार आचार्य, निश्चल आचार्य, गोविन्द पौडेल, प्रकाश देवकोटा, मदन अधिकारी, मेघराज अधिकारी, विद्यालयका डिआई देवेन्द्र ठकुरी तथा मनिस श्रेष्ठ लागाएको उपस्थिती रहेको थियो । दिपा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण तुल्सीराज जिएम ररुपकराज भण्डारीले गरेका हुन ।