मतदाता नामावली सार्वजनिक (वडा अनुसार आफ्नो नाम हेर्नुहोस् )

काठमाडौं, वैशाख ४
स्थानीय तहको निवार्चनको मिती नजिकिदै गर्दा निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा विवरण भरेका मतदाताहरुको नामावली वेब साइटमार्फत सार्वजनिक गरेको हो ।

आयोगको यसअघि वेवसाइटमा २०७० सालको संविधान चुनावमा भाग लिने मतदाताको मात्र विवरण राखेको थियो । स्थानीय तह चुनावमा भोट हाल्न पाउनेहरुको नामावली अहिले आयोगले वेवसाइटमा राखेको हो ।जसले गर्दा मतदाताहरुलाई आफ्नो नाम हेर्न सहज हुनेछ ।

मतदाताहरुले आफ्नो नाम हेर्नको लागि निर्वाचन आयोगको वेवसाइटमा गई आफ्नो जिल्ला र आफु बस्दै आईरहेको नगरपालीका र गाँउपालीका संगै वडा छान्नु पर्ने हुन्छ ।

यसरी छानी सकेपछि वेवसाइटको बक्समा दिएको सबमिटमा क्लिक गरिसेकपछि आफ्नो मतदाता नं कति हो, नामको पहिलो अक्षर कुन हो, आफ्नो पहिलो अक्षरमा क्लिक गरि शुरुमा नाम नभेटिएमा  Next  गर्दै गएमा आफ्नो नाम खोज्न सजिलो हुनेछ ।

मतदाता नामावलीमा तपाईंको वडा अनुसार नाम यहाँ क्लिक गरि  हेर्नुहोस्