थपिए १७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

Image Not Foundकाठमाडौं,बैशाख,२२-नेपालमा विगत २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १७ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

बुधवार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको थियो ।हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ ।

यसैगरी, बिहीवार १५ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।