एच.आइ.भि.वारे दुइ दिने तालिम सम्पन्न

इन्द्र कार्की
महेन्द्रनगर,बैशाख,१७
Hiv trainning एच.आइ.भि. संक्रमित गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि. वारे दुई दिने तालिम महेन्द्र्नगरमा सम्पन्न भएको छ । ग्लोवल फन्ड को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रन को समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालय, कञ्चनपुरको आयोजनामा स्वास्थ्यकर्मिहरुका लागि उक्त तालिम आयोजना गरिएको थियो । तालिममा गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि., नेपाल तथा सुदुर पश्चिममा एच.आइ.भि को अवस्था वारेमा छलफल गरिएको थियो । एच.आइ.भि. संक्रमित महिला गर्भवति तथा गर्भवति महिला एच.आइ.भि. संक्रमित भएमा कोखमा रहेको वच्चालाई एच.आइ.भि. सर्ने जोखिम रहेको हुन्छ । समयमा नै गर्भवति महिलाले एच.आइ.भि.परिक्षण गरेमा उक्त विषाणु वच्चामा सर्न वाट वचाउन सकिन्छ । त्यसैले सवैले यसमा सचेत हुनु पर्ने र खास गरि गर्भवति महिलाले वढि सजगता अपनाउनु पर्ने हुन्छ, तालिममा सहभागि अ.न.मी. निर्मला जोशीले वताइन् । वढि रुपमा महिलाहरु एच.आइ.भि.को जोखिममा हुन्छन । खास गरि गर्भवति अवस्थामा अझ जोखिम रहने हुन्छ, जसको असर वच्चामा समेत पर्ने गर्छ । आमा र वच्चाहरुलाई हुने एच.आइ.भि.को जोखिम कम गर्न स्वास्थ्यकर्मिहरुलाई एच.आइ.भि. संक्रमित गर्भवति आमा वाट वच्चामा सर्न सक्ने एच.आइ.भि. वारे तालिम दिएको जिल्ला जनस्वास्थय कार्यालयका एच.आइ.भि./एड्स तथा परिवार नियोजन फोकल पर्सन रतन विष्टले वताउनु भयो । यस पटकको तालिम सँगै कञ्चनपुरमा कार्यरत सम्पुर्ण स्वाथ्स्यकर्मिहरुले यसवारे तालिम पाएको उहाँले जानकारी दिनु भयो । दुई दिन सम्म सञ्चालित तालिममा २२ जना स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो । तालिमको समापन जनस्वास्थ्य प्रमुख शिवदत्त भटट् ले गर्नु भएको थियो ।