जिपको ठक्करबाट भुसालको मृत्यु

रोशन घर्ति
दाङ,बैशाख,१५
दाङ जिल्लाको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको मौरीघाटमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबार राति ९ बजे राप्ती गाउँपालिका अन्तर्गत मौरीघाटमा लु १ ख ७७७४ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सन्दिप भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु जिल्ला भृकुटी नगरपालिका निवासी २० वर्षीय भुषाललाई तीब्र गतिमा आएको जिपले ठक्कर दिएको हो । उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ्गले नियन्त्रणमा लिएको छ ।