जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको घोराहीमा उद्धघाटन

रोशन घर्ति
दाङ,बैशाख,१५
घोराही उपमहानगरपालिका कप जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज घोराहीमा उद्धघाटन गरिएको छ ।

घोराही उपमहानगरपालिकाको प्रायोजन तथा दाङ क्रिकेट संघको आयोजनामा संचालन हुन थालेका प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी मेघराज काफ्लेको बलिङ र विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामधन श्रेष्ठले ब्याटिङ गरेर खेलको उद्धघाटन गर्नुभएको हो ।

क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षतामा सम्पन्न उद्धघाटन कार्यक्रममा ७ वटा टिमले प्रतियोगिताका लागी टिम दर्ता गरेको समेत बताईएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार मनिष सेढाईले गर्नुभएको थियो ।

कार्यक्रम उद्धघाटन पश्चात शुरु भएको आजको खेलमा यू.एन.वि.सी र घोराही क्रिकेट क्लव ऐकेडमीका विच खेल भईरहेको छ ।