झापा गोल्डकप फाईनलमा आज त्रिभुवन आर्मी र झापा-११ भिडने

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको उपस्थिती हुने

झापा,फागुन,३०-आज सोमबार झापा गोल्डकपको फाइनल खेल हुदैंछ। फाईनल खेलका लागि त्रिभुवन आर्मी फुटबल क्लब र झापा-११ बीच हुँदैछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा गत संस्करणको उपाधी विजेता आर्मी यसपटक पनि उपाधि रक्षा गर्न मैदान उत्रदा झापा ११ भने घरेलु मैदानमा पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यस पटक झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।

आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गर्नु भएको थियो।उहाँले झापामा कलेक्टिभ खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताउनुभयो।

झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताउनुभयो । उहाँले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताउनुभयो।

यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेको थियो।झापाले भने चारै पटक उपविजेतामा चित्त बुझाएको थियो।

यसैबिच:नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल खेल हेर्नका लागि विर्तामोड पुग्नु भएको छ।

प्रतियोगितालाई थप उत्साह प्रदान गर्न उहाँलाई झापा बोलाइएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । उहाँ खेल अवधिभर मैदानमा रहनु हुने भएको छ ।