आजको राशिफल ।। कार्तिक ४ गते शुक्रवार

काठमाडौं,कार्तिक,४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको ४ गते शुक्कवार, (अक्टोवर २१ तारिख) कार्तिक कृष्ण एकादशमी तिथी ।आज रमा एकादशी व्रत पनि रहेको छ ।

आज कार्तिक ४ गते शुक्रवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन दानपुण्यका कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन नयाँ कमको थालनी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन सामान हराउने वा चोरी हुने भय छ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन समय त्यति राम्रो रहने छैन । पढाईको क्षेत्र कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल