गठबन्धनका विरुद्ध गठबन्धन अावश्यक छैनः सुजाता

काठमाडौं,असोज,१९-

काँग्रेस नेत्री सुजाता कोइरालाले गठबन्धनका विरुद्ध गरीने गठबन्धनले मुलुकलाई फाइदा नपुग्ने बताउनुभएको छ । वाम गठबन्धन भएपछि बृहत् प्रजातान्त्रिक मोर्चा बनाउने तयारीमा रहेको काँग्रेसले गठबन्धनमा लाग्नेभन्दा पनि पार्टी्भित्रको एकता बलियो बनाउन लाग्नुपर्नेमा नेत्री कोईरालाको जोड छ ।

मण्डिखाटारस्थित निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले भन्नुभयो, “काँग्रेसले ‘लेफ्टिस्ट’ वा ‘राइटिस्ट’ कुनै गठबन्धन बनाउनुहुँदैन बरु दुवैलाई डो¥याएर हिँड्नुपर्छ ।” उहाँले काँग्रेस बृहत् पार्टी भएकाले कम्युनिस्टहरु मिलेर के गर्छन् भन्ने चिन्ताभन्दा पनि कसरी मुलुकलाई एकता र सहमतिका साथ अघि बढाउने भन्नेतर्फ काग्रेसले ध्यान दिनुपर्ने बताउनुभयो । 

नेत्री कोइरालाले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध समदूरमा राख्नुपर्ने बताउनुभयो ।