कम्युनिष्ट पार्टी एकताको अभियानले देशमा राजनीतिक ध्रुविकरण सुरु भयाेः गृहमन्त्री शर्मा

काठमाडौं,असोज,१९-

गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशमा राजनीतिक ध्रुविकरण सुरु भएको बताउनुभएको छ । उहाले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानले देशलाई राजनीतिक ध्रुविकरणमा लैजान थालेको बताउनुभयो ।

रुकुम पुग्नुभएका गृहमन्त्री शर्माले एमाले र माओवादी केन्द्रको लामो छलफलपछि मात्रै चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया अघि बढेको बताउनुभयो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बाम संघीय लोकतान्त्रिक गठबन्धन बनाउने अभियानमा लागेकाले अन्य प्रगतिशील शक्तिहरुलाई पनि मिसाउने गरी छलफल चलिरहेको उहाको भनाइ छ ।

एमाले, माओवादी र नयाँ शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाका कारण अरुले पनि त्यसै अनुसार गठबन्धन बनाउन थालेकाले देश राजनीतिक ध्रुविकरणमा जाने र त्यसबाट विकास र समृद्धिले बाटो पकड्ने उहाँको तर्क छ ।

राजनीतिक ध्रुविकरण गर्ने कुराले स्वच्छ प्रतिस्पर्धा बनाउने र देश विकासमा टेवा र्पुयाउने विश्वास उहाँले व्यक्त गरेका छन् ।नेपालबाणीबाट साभार