चीनले मेकङका पाँच राष्ट्रलाई समर्थन गर्ने

फाईल : तस्विर

टोकियो,जापान,भजन,१-चीनले थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस र म्यानमारसँग विभिन्न पूर्वाधार परियोजनाहरूमार्फत सम्बन्ध बढाउने योजना बनाएको छ।

परराष्ट्रमन्त्री वाङ यीले शुक्रबार उत्तरी थाइल्याण्डको चियाङ माईमा पाँच मेकोङ क्षेत्रका राष्ट्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो।

सहभागीहरूले मेकोङ नदीको खडेरी र बाढीको प्रतिरोधलाई सुधार गर्ने योजना बनाएको बताएका छन्।

 सहभागीका अनुसार PM २.५ भनेर चिनिने वायुजन्य प्रदूषकहरूलाई सीमाहरू पार गर्नबाट रोक्नको लागि उपायहरू गरिने बताएका छन्।

चीनले यस क्षेत्रको दिगो विकासलाई प्रवर्द्धन गर्ने वाङले पत्रकारहरूलाई बताउनु भएको थियो।

उहाँले रेल, बन्दरगाह र अन्य परियोजनाहरूमार्फत सहयोग बढाउन बेइजिङ इच्छुक रहेकोमा जोड दिनुभएको थियो।

यसबैच : जापान र संयुक्त राज्य अमेरिकाले मेकोंग राष्ट्रहरूलाई समान सहयोग प्रदान गर्दछ।पर्यवेक्षकहरूले चीनले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको बताएका छन् ।