सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ

फाईल तस्विर !!

महोत्तरी,चैत,१८-भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए।समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो ।

सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका लाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिनुभयो ।

भारतीय प्रहरीको यी बालिकाहरू गायक बन्न भारत लागेको बताइएको छ।उनीहरुसँग अन्य पनि थिए कि भन्नबारेमा अनुसन्धान भइरहेको छ।मंगलबार राति नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई घटनाबारे जानकारी गराउनुभएको थियो ।

रायका अनुसार भारतमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान फेला परेका छन् ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख संजिव साहले बताउनुभयो।‘सातै जनाको नाम पनि मिलिसकेको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरू अहिले भारतीय प्रहरीको निगरानीमा छन् ।’