मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेल अस्पताल सम्मानित

काठमाण्डौं,मंसिर,२-

नोबेल अस्पतालका प्रवन्ध निर्देशक शर्मालाई सम्मानपत्र प्रदान गर्दै अर्थमन्त्री डा.खतिवडा

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये मुलुकमै सवैभन्दा बढी आयकर तिरे वापत बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान गरिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट करदाताको रुपमा नोबेललाई सरकारको तर्फबाट सम्मानित गरिएको हो ।

​सातौं कर दिवसको अवसरमा शनिवार राजधानीमा आयोजित कर दिवस समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्मालाई माला लगाएर सम्मानपत्र प्रदान गरे । कार्यक्रममा बिभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो ।

​उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि प्रतिक्रिया दिदै नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रमा उत्कृष्ट मात्र नभएर राज्यलाई बढी कर तिर्न नोबेल सफल भएकोमा गर्ब लागेको बताउनुभयो ।

​२०६१ सालमा बिराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय शिक्षाका क्षेत्रमा मुलुककै उत्कृष्ट सस्थाको रुपमा स्थापित भएको छ ।

फोटो

१) नोबेल अस्पतालका प्रवन्ध निर्देशक शर्मालाई सम्मानपत्र प्रदान गर्दै अर्थमन्त्री डा.खतिवडा ।