विश्वकपमा आज ३ खेल हुदै : रुससंग साउदी अरबीया ५-० ले पराजीत

नेपाली समय अनुसार कुन देश कती बजे भिड्दैछन् (हेर्नुहोस)

काठमाडौँ,असार,१-

हिजोबाट शुरु भएको विश्वकपमा बिभिन्न देशबीच आज ३ खेल हुँदैछ ।जसमा पहिलो खेल ईजिप्ट बिरुद्ध उरुग्बे, दोश्रो खेल मोरक्को बिरुद्ध इरान खेल्दैछ भने आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनले खेल्दैछ । नेपाली खेलप्रेमीहरुलाई आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनको खेल निकै चासोको बिषय हुनेछ ।

विश्वकप उद्घाटन खेलमा घरेलु टिम रुसले साउदी अरवलाई ५-० गोलअन्तरले पराजित गरेको थियो । विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् ।

तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । यो पटकको उद्घाटन खेल पनि इतिहासकै निरन्तरतामा गएको छ ।

आज असार १ गते खेल्ने देशहरु
नेपाली समय अनुसार साँझ ५:४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८:४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११:४५, पोर्चुगल र स्पेन, दोस्रो समूहमा खेल हुदैछ । 

विश्वकपको नेपाली समय अनुसार  अन्य दिन हुने समय तालीका हेर्नुहोस् )

२ असार, २०७५
साँझ ५:४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६:४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९:४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२:४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५
साँझ ५:४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८:४५,जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११:४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५
साँझ ५:४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह
साँझ ८:४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११:४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५
साँझ ५:४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८:४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११:४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५
साँझ ५:४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८:४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११:४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५
साँझ ५:४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८:४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११:४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५
साँझ ५:४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८:४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११:४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५
साँझ ५:४५, बेल्जियम र टिउनेसिया, सातौं समूह
साँझ ८:४५,कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको,छैटौं समूह
राति ११:४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५
साँझ ५:४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८:४५, जापान र सेनेगल ९आठौं समूह
राति ११:४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५
साँझ ७:४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७:४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११:४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११:४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५
साँझ ७:४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७:४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११:४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११:४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५
साँझ ७:४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७:४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११:४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११:४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५
साँझ ७:४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७:४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११:४५, पानामा र टिउनेसिया, सातौं समूह
राती ११:४५, बेलायत र बेल्जियम, सातौं समूह

आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश प्रि क्वाटर फाइनल प्रवेश गर्नेछन् । प्रि क्वाटरको खेल असार १६ गतेदेखि १९ गतेसम्म चल्ने छ । प्रि क्वाटरबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।