नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा

मधुपौडेल,

बाँके,जेठ,१५-

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले १० औ गणतन्त्र दिवशको अवसर पारेर नेपालगन्जमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखा संचालनमा ल्याएको छ । बाकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दशौ गणतन्त्रको शुभकाना लेखिएको ८० पाउन्डको केक काटेर सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे शाखाको उद्घाटन गर्नु भएको हो ।

गणतन्त्रलाई उत्सवका रुपमा मनाउदै देशलाई सम्बृद्धिको दिशामा अगाडि बढाउने उद्देश्यका साथ निजी क्षेत्रको अग्रणी संस्था सिद्धार्थ गु्रपले ८० पाउन्ड ( नेपालमा हाल सम्म कै ठुलो ) केक काटेर क्याफे संचालनमा ल्याएको हो । क्याफेमा मिठाई, केक, बेकरी र कफीका बिभिन्न परिकारहरु उपलब्ध छन ।

क्याफेको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पन्थले स्बदेशमै रोजगारका अबसरहरु सृर्जना गर्दै अगाडि बढि रहेको सिद्धार्थ गु्रपले नेपालगन्जमा संचालनमा ल्याएको क्याफेले गुणस्तरिय सेवाका साथ स्वीट एन्ड बेकरीका पारखीहरुलाई सेवा प्रदान गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।