लियो क्लब अफ नेपालगंजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमिती चयन

मधुपौडेल,

बाँके,जेठ,१५-

लियो क्लब अफ नेपालगंज, बागेश्वरीले आज सोमबार आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष लि.योगेन्द्र भण्डारीको सभापतित्वमा भएको उक्त भेलाले आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमितको चयन समेत गरेको लियो क्लवका कोषाध्यक्ष लि.अस्मिता सुबेदीले  बताउनुभयो  । 

 नयाँ कार्यसमितको नामावली निम्नानुसार रहेको छ ।

१. लि.भावना रोका ( अध्यक्ष)
२. लि. सुष्मा पौडेल ( प्रथम उपाध्यक्ष)
३. लि.सन्जय भण्डारी ( द्वतिय उपाध्यक्ष)
४. लि.दिपेन्द्र शाही ( सचिव)
५. लि. हिक्मत शाही ( सहसचिव)
६. लि.अस्मिता सुबेदी ( कोषाध्यक्ष)
७. लि.सुभद्र प्रसाई ( जनसम्पर्क अधिकृत)
८. लि.जगत चौधरी ( सचेतक)
९. लि.गोमा अधिकारी ( स्टोरकिपर)
१०. लि. प्रतिज्ञा उप्रेती ( निर्देशक)
११. लि. राजु सिग्देल ( निर्देशक)