नेपालमा ५९४ कोरोना संक्रमित थपिए, २४० निको भए

काठमाडौं,साउन,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।

 प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।प्रवक्ता गौतमले देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेको जानकारी दिनुभयो ।

त्यस्तै पछिल्ले २४ घण्टमा २४० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ।