बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ लुटियो: घटनाको अनुसन्धान हुँदै

बाँके,माघ १०-नेपालगन्जमा बैंकबाट पौसा निकालेर लैजाँदै गर्दा एकजनाको ३ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बाँके खजुरा निवासी दिनेश खरेलले आज दिउँसो नेपालगन्जस्थित सिद्धार्थ बैंकबाट ३ लाख ६५ हजार रुपैयाँ निकाल्नु भएको थियो । बाहिर निस्केर बाइक चढ्ने बेलामा उहाँको शरीर चिलाएजस्तो भएपछि उहाँ बैंककै बाथरुम छिर्नु भएको थियो ।

बाथरुमको बाहिर अडिएको अर्को मोटरसाइकलमा पैसा भएको झोला राखेर उहाँ भित्र छिर्नु भएको थियो । तर, बाहिर निस्किँदा पैसा र झोला दुबै थिएन । त्यसपछि उहाँले प्रहरीमा खबर गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयले उहाँको शरीरमा कसैले काउछो लगाइदिएर पैसा लुट्ने योजना बनाएको आशंका गरेको छ । प्रहरीले घटनाको अनुसन्धान खोजी भइरहेको जनाएको छ ।