गणेशमान श्रेष्ठको शालीक सभापति देउवाद्धारा अनावरण गरिने

बाँके,माघ ११-नेपालगंजको सुर्खेतरोडको चारबाहिनी र भृकुटीनगर जोड्ने गणेशमान चोकमा आज शालीक अनावरण गरिने भएको छ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले काँग्रेस पार्टी संस्थापक समेत रहनु भएका लौह पुरुष गणेशमान सिंह श्रेष्ठको शालीक अनावरण गर्न लागेका हुन् ।

गणेशमानचोक निमार्ण तथा व्यवस्थापन समितिका संयोजक सांसद मैकुलाल बाल्मिकीका अनुसार झण्डै १९ लाखको लागतमा शालीक तथा चोक निमार्ण गरिएको हो । दुई वर्षअघि तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह्ले शिल्यान्यास गरेको चोक विभिन्न विवादका कारण ढिलो गरी आनावरण गर्न लागिएको हो ।