निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने

काठमाडौं, असार,५-

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो ।

उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव मैनालीले  जानकारी दिनुभयो ।

आयोगले दोस्रो चरणको निर्वाचनमा अझ उत्साह बढेको भन्दै दलहरुलाई संयमित भएर प्रस्तुत् हुन आग्रहसमेत गरेको छ ।