धुम्बाराही केन्द्रीय कार्यालयमा एमालेको बोर्ड राखियो

साविकको नेकपाको बोर्ड हटाईयो!

काठमाडौं,फागुन,२५-काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ।

मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।