गायिका धना परियार र बालकुमार श्रेष्ठको महापाप बजारमा

ओखलढुंगा,माघ,२७-

३ वर्षकी हुँदा छाउपडी गोठमा आगोले जलेकी गायिका धना परियारको पहिलो गीत बजारमा आएको छ । गायक तथा सर्जक बालकुमार श्रेष्ठ सँगको सहयोगमा गायिका परियारको महापाप बोलको गीत बजारमा आएको हो ।

सुमधुर स्वर भएकी दैलेखकि गायीका परियार आमा र सानो भाईसंगै छाउपडी गोठमा जलेकी थिईन् । आमा र भाईलाई सामान्य चोट लागेपनि परियारको शरिरमा धेरै चोट परेको थियो । गायिका परियारको आगोमा परी एउटा आखाको ज्योति गुमाएकी थिईन भने एउटा हात काम नलाग्ने भएको थियो । शरिरका अन्य प्राय भाग पनि जलको थियो ।

यस्तै अबस्थामा राजधानी छिरेकी गायीका परियार पहिलो गीत बजारमा ल्याउन सफल भएकी छिन् । संचारकर्मि कमल सरगमको शव्द सिर्जना तथा गायक श्रेष्ठको लय रहेको गीतमा गायिका परियार र श्रेष्ठको स्वर रहेको छ । गायिका परियारको उपचारको लागी सबै नेपालीहरु बाट आफुले सक्दो सहयोग भईरहेको छ । सबैको सहयोगमा परियारको उपचार हुने भएको छ ।

(भिडीयो हेर्नको लागी तल दिएको लिंकमा क्लिक गर्नुहोला)