आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाैं,जेठ , ६-

सरकारले आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट ल्याउने तयारी गरेको छ । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानकि व्यवस्थापछि पुर्ण बजेट कै तयारी गरिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार पुण्य रेग्मीले जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ११ खर्ब ५६ अर्व रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन प्रभावित नहुनेगरि चालु खर्च र अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिनेगरी मात्रै बजेट ल्याउन सरकारलाई आग्रह गरेको छ ।

महत्वकांक्षी बजेट ल्याउँदा निर्वाचन आचारसंहिता प्रभावित हुने भन्दै निर्वाचन आयुक्त इश्वरी पौडेलले महत्वकांक्षी बजेट ल्याउन नपाईने बताउनुभयो ।

अर्थमन्त्री कृष्णवहादुर महराले अघिल्लो वर्षभन्दा १ खर्ब बढी बजेट ल्याउने तयारी गर्नुभएको हो । एमाले सचिव योगेश भट्टराईले जेठ १५ मै बजेट ल्याउनुपर्ने बाध्यकारी नियम भएकाले निर्वाचन प्रभावित नहुनेगरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।तर महत्वकांक्षी बजेट ल्याए एमालेलाई मान्य नहुने उहाँको भनाई छ ।नेपालवाणीबाट