भीख नमाग्नुहोला, फास्ट ट्रयाक आफैँ बनाउनु पर्छ : प्रचण्डलाई बाबुरामको सुझाव

काठमाडौं, भदौ २८ नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले आर्थिक विकासका लागि भारतसँग भिख अनुदान नमाग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । आज पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको छलफलका क्रममा आफ्नो पार्टीको तर्फबाट १० बुँदे पत्र बुझाउँदै भट्टराईले यस्तो सुझाव दिनुभएको हो । आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब तीव्र बेगमा आर्थिक क्रान्तिका लागि हामीले कसैसँग अनुदान सहयोग होइन ऋण सहयोग, पूँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ भट्टराईको सुझाव छ ।

ठूला भौतिक पूर्वाधारका योजना सफ्ट लोन लिएर आफैँ निर्माण गर्ने नीति लिनु पर्ने भन्दै भट्टराईले बहुचर्चित काठमाडौं(निजगढ फाष्ट ट्रयाक नेपालले नै बनाउनु पर्ने सुझाव दिनुभएको छ । फास्ट ट्रयाक भारतलाई दिने तयारी हुँदा त्यसको औपचारिकरुपमा विरोध गर्ने पहिलो नेता भट्टराई नै हुनुहुन्थ्यो । उहाँले पटक(पटक छलफल तथा गोष्ठी आयोजना गरेर यसबारे सबैलाई सु सुचित गर्ने प्रयास गर्नुका साथै सरकारलाई पनि फास्ट ट्रयाक भारतको जिम्मा नलगाउन सुझाव दिनुभएको थियो ।