गोल्टाकुरीमा नेपाली काँग्रेसको वृहत आभसभा

देविराम कुसारी
दाङ, साउन,९ –
नेपाली काँग्रेस साविक गोल्टाकुरी काउँ इकाइ कमिटिको आयोजनामा गोल्टाकुरीको छरकट्टामा वृहत चुनावी सभा सम्पन्न भएको छ ।
इकाइ सभापति प्रकासमान वलीको सभापत्विमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव वुर्प सिचाइ मन्त्रि दिपक गिरीले काँग्रेसको जनलहर देखेर अन्यदल आत्तालिएको वताउनु भएको छ ।

दाङमा काग्रेसलाई फुटाउ र राज गर भन्ने मान्यताको विकास भएको भन्दै त्यो मान्यता सपना मात्रै सिमिति हुने वताउनु भएको छ ।

उहाँले काग्रेसका कार्यकर्तालाई अनेक प्रलोभन, उक्साहट, विभिन्न घोचपेच गरेर फुटाउने रणनीति अन्य दलहरुले लिएको भन्दै त्यसका विरुद्ध काग्रेस एक भएर लाग्नुपर्ने वताउनु भयो ।

पुर्व मन्त्रि गिरीले केही दलले कागे्रसका कार्यकर्तालाई भड्काउन गाउँ गाउँमा कुखुराको भाले वाटेको समेत अरोप लगाउनु भएको छ । उहाँले भाले वाड्ने खुसी भालेको मासु खादा सम्म मात्रै हुने भन्दै चुनावलाई प्रलोवनको भालो नसम्झन चेतावनी समेत दिनुभएको छ ।
सभामा महासमिति सदस्य केबश आचार्यले हिजोका दिनमा नेपाली काँग्रेस भएकै कारण दुःख पाएका हरुलाई भड्काउने दिवासप्ना मात्रै हुने वताउनु भयो ।

सभामा महासमिति सदस्य एंव पुर्व जिल्ला सभापति भरत केसी, जिल्ला कार्यसमिति सदस्य देवा डागी, यज्ञबहादु विष्ट, साविक श्रीगाउँका सभापति हर्कबहादु बुढाथोकी, पुर्व जिल्ला सदस्य कृष्ण न्यौपाने, शिक्षक संघका जिल्ला सदस्य गोविन्द आचार्य लगाएतले वोल्नुभएको थियो ।

त्यसैगरी सभामा दंगिशरण गाउँ पालिकाका अध्यक्षका उमेदवार यज्ञनारायण आचार्य, उपाध्यक्ष्न पिमा खड्का, वाडा अध्यक्षाका उमेदावर तुलसीराम देवकोटा दिपक, एकराज डागी लगाएतले वोल्नु भएको थियो ।

इकाइ कोषाध्यक्ष कृष्ण आचार्यको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण इकाइ सतिव हालका सदस्यका उमेदवार नन्दराम केसीले गर्नुभएको थियो ।