अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा,छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन

Image Not Foundकाठमाडौं,आषाढ,२३-अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाको घोषणा गर्नु भएको छ। 

प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्नु भएको थियो।

त्यसलगत्तै विशेष समय लिएर बोल्दै उहाँले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताउनुभयो।‘एउटा संसदीय छानबिन होइन, हजारौं छानबिनका लागि तयार छु,’ उहाँले भन्नुभयो । 

त्यसअघि उहाँविरुद्ध छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो।उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै गल्ती नगरेको दाबीसमेत गर्नु भएको थियो । 

अर्थमन्त्री विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी आजैदेखि अनिश्चितकालसम्मका लागि बिदामा बस्नु भएको छ।