जेटीकप क्रिेकेटमा उज्यालो शिक्षा सदनको चौथौ जित , क्वाटर फाईनलमा प्रवेश

पवन मुडभरी/

कैलाली,कार्त्तीक,२६-

कैलालीको बर्दगोरीया गाउपालिकामा जारी जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा आज भएका खेलमा उज्यालो शिक्षा सदन लम्की र कालीका मावि नौनिया विजयी भएका छन । आज भएको पहिलो खेलमा कैलाली पब्लिक सेकेण्डरी स्कुल मोतीपुरलाई २९ रनले पराजीत गर्दै उज्यालो शिक्षा सदन लम्की विजयी भएको हो ।

यो जित संगै लगातार चौथौ जित दर्ता गर्दै समुह विजेता हुदै क्वाटर फाईनल प्रवेश गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको उज्यालो शिक्षा सदनले १५ ओभरमा ८ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । ८० रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको कैलाली पब्लिक १३.२ ओभर खेल्दै सवै विकेट गुमाउदै ५० रन मात्र बनाउन सक्यो र २९ रनको हार व्यहोर्नु परयो ।

कैलाली पब्लिकलाई ५० रनमा रोक्ने क्रममा बद्री भण्डारीले ४ तथा कमल पुन मगरले २ विकेट लिएका थिए । ४ विकेट लिएका बद्री भण्डारी म्यान अफ द म्याच भए । आजनै भएको दोस्रो खेलमा गुरुकुल स्कुललाई ३७ रनले पराजित गर्दै कालिका मावि नौनिया प्रतियोगितामा पहिलो जित हात पार्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको कालीका मावि नौनियाले निर्धारीत १५ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ५७ रन जोडन सफल भएको थियो । १ सय ५७ रनको ठुलो योगफल तयार पार्ने क्रममा कालिका मावि नौनियाका प्रवेश साउदले २८ बलमा ४ छक्काका मदतले ५२ रनको र कप्तान कृष्ण साउदले २५ बलमा नटआउट ४४ रनको महत्वपुर्ण पारी खेले ।

१ सय ५८ रनको विशाल लक्ष्य लिएर ब्याटिङ्गमा आएको गुरुकुल मोतिपुरले निर्धारित १५ ओभर खेल्दै ३ विकेट गुमाउदै १ सय १९ रन मात्र जोडन सफल भयो र ३७ रनको हार व्योहर्नु परेको हो । गुरुकुलका लागी कप्तान रोजन शाहीले ४१ रनको महत्वपुर्ण पारी खेलेपनि आफनो टिमलाई जित दिलाउन सकेनन । उत्कृष्ट ब्याटिङ्ग गरेका प्रवेश साउद म्यान अफ द म्याच भए ।

आजका खेल सकीय संगै ५ वटा टिम क्वाटर फाईनलमा प्रवेश गरी सकेका छन भने अझै ३ टीमको टुगों लाग्न बाकी रहेको छ । जसमा समुह ए विजेता हुदै उज्यालो शिक्षा सदन लम्की,समुह बि विजेता हुदै लिटील फलावर धनगढी,समुह बि उपविजेता हुदै बसन्त मुरारी मावि बौनिया, समुह सी विजेता हुदै संत निरकारी टीकापुर र समुह डी को विजेता हुदै आरएमई टीकापुर रहेका छन भने समुह ए,सी र डी बाट उपविजेताको टुगों लाग्न बाकी रहेको छ ।

यसै गरी भोली प्रतियोगिताको तेह्रौ दिन विहान ७ बजे सर्वोदय विद्या मन्दिर विरुद्ध पायनियर्स लम्की ,विहान ११ बजे ब्राईट फयुचर लम्की विरुद्ध जनजागृती चौरी र भोलीकोे अन्तिम खेल दिउसो २ बजे कालीका मावि नौनिया विरुद्ध नाता एकेडेमी लम्की विच खेल हुने खेल सयोजक एकेन्द्र मल्लले बताए ।

प्रतियोगितामा कैलाली जिल्लाका २० वटा निजी तथा सामुदायिक विद्यालयको सहभागीता रहेको छ । कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता मंसीर ०२ गते सम्म सञ्चालन हुने जेटी कप क्रिकेट एकेडेमी संयोजक जिवन सुनारले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद ४१ ह्जार १ सय ११ र द्धितिय हुनेले नगद १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल, र प्रमाणपत्र प्रदान गरिने खेल उपसयोजक मनोज पन्तले जानकारी दिनु भयो । आजका खेलमा करीब २ हजार दर्शकहरुले अवलोकन गरेकोे प्रचार प्रसार सयोजक राजेन्द्र रावलले जानकारी दिनुभयो ।