ओखलढुंगामा घरेलु मदिरा बरामत

सिर्जना बर्देवा/
ओखलढुंगा,कार्तिक २६-
ओखलढुंगा प्रहरीले १७ सय लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । सदरमुकामका विभिन्न बजार क्षेत्रबाट हिजो र आज विशेष अनुगमनका क्रममा बरामत गरेको मदिरा आज नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी,शसत्र प्रहरी लगाएतका सुरक्षा निकायले विशेष अनुगमन अभियान नै सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान निरञ्तर चल्नेछ ।

निर्वाचनको पुर्वसनध्यामा मदिराको उत्पादन र प्रयोग बढ्ने र यसले शान्ति सुरक्षामा चुनौती थपिने भएकाले पनि अनुगमनलाई कडाई गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन तिमिल्सीनाले बताउनुभयो । शनिवार र आईतबार दुई दिन लगाएर बरामत गरिएको मदिरा आज प्रमुख जिल्ला अधिकारी,उद्योग वाणिज्य संघका अध्यक्ष, सहितका सरोकारवालहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गैरकानुनी रुपमा मदिरा उत्पादन र विक्रि वितरण नगर्न आग्रह गर्नुभएको छ । प्रहरी प्रमुख तिमिल्सीनाले पनि जातीय संस्कार अनुसार मदिरा आवश्यक पर्ने समुदायले घरको प्रयोगका लागि उत्पादन गरेपनि व्यवसायीक प्रयोजनका लागि मदिरा उत्पादन तथा विक्रिवितरण नगर्न आग्रह गर्नुभयो । गत वर्ष ओखलढुंगामा प्रहरीले सात हजार २ सय ३० लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको थियो । यस वर्ष पनि १६ सय लिटर भन्दा बढि मदिरा प्रहरीले बरामत गरि नष्ट गरेको छ ।