अन्याय सहन नसकेर राजनीतिमा आएँ : सिलवाल

काठमाण्डौं,असोज,२०-

एमाले प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवालले आफ्नो अस्तित्वमाथि नै प्रश्नचिन्ह उठेकाले राजनीतिमा आउन बाध्य भएको बताएका छन्। बुद्धनगरस्थित बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवालले यस्तो बताएका हुन्।

‘मेरो जीवनमाथि धेरै ठूलो राजनीति भयो,’ सिलवालले भने, ‘मजस्तै अन्यायमा परेका मान्छे कति छन् कति। तिनै अन्यायमा परेका लाखौँको पक्षमा उभिन म एमालेमा प्रवेश गरेको हुँ।’

उनले आफू अन्याय सहन नसकेर अदालत गएको तर त्यहाँ पनि न्याय पाउन नसकेको गुनासो गरे।आज पूर्व डिआइजी नवराज सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्। आइजिपी बढुवा प्रकरणमा विवादित बनेपछि सिलवालले पदबाट राजीनामा दिएका थिए।

यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन। सिलवालसँगै गायक सञ्जय श्रेष्ठ र संघीय समाजवादी फोरमकी नेतृ मीना राजवंशी पनि एमालेमा प्रवेश गरेका छन्।