ऋषि धमला कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

धादिङ,असोज,२०-

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ।

धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ ,भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ।

पत्रकार ऋषि धमला

कांग्रेस क्षेत्रीय कार्य समितिले धमला र त्रिपाठीको नामसहित अन्य उम्मेदवारको नाम पनि जिल्ला कार्य समितिलाई सिफारिस गरेपछि सोही सूचीलाई केन्द्रीय समितिमा पठाइएको कांग्रेस धादिङका सभापती रमेशप्रसाद धमलाले जानकारी दिनुभयो ।

त्रिपाठी र धमला संगै उनीहरुकै क्षेत्रबाट अन्य व्यक्तिहरु पनि सिफारिस गरिएकाले केन्द्रीय समितिले पार्टीको उम्मेद्वारकै रुपमा टिकट दिनेमा चाहिँ शंका छ।

धमलासंगै क्षेत्र नं २ बाट समानुपातिकमा अन्य ४ जनाको नाम सिफारिस भएको छ। त्रिपाठीसहित क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ विश्व अर्याल र विदुर अकौलियाको नाम पनि कंग्रेसले सिफारिस गरेको छ। अन्नपुर्ण