नेपालगन्ज टेक्निकल कलेजद्वारा स्वागत तथा बिदाई कार्यक्रम

नेपालगन्ज ,भाद्र, ३-
बाँके जिल्लामा रहेको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा सिभिल अोभरसियर तथा कम्प्युटर इन्जिनियरिङ बिभागमा अध्ययनरत विद्यार्थीहरुलाई अाज एक कार्यक्रम गरी स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।सिभिल अोभरसियर तथा कम्प्युटर इन्जिनियरिङ तृतीय वर्षको परीक्षा दिएका विद्यार्थीहरुको बिदाइ र अहिले प्रथम वर्ष दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत कार्यक्रम नेपालगन्जको अोम पार्टी प्यालेसमा गरेको थियो ।

कार्यक्रमको सभापतित्वमा नेपालगन्ज टेक्निकल कलेजका प्रिन्सिपल इन्जिनियर दिपक वि-सी, प्रमुख अतिथिमा कलेजका प्रवन्ध निर्देशक किशोर कुमार पाण्डे , अतिथिमा नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल दामोदर ढकाल, सामान्य चिकित्सकका कोर्डिनेटर बिबेक चौधरी लगायतका अतिथिहरु रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सिभिल कि कोर्डिनेटर सोनु शाहले राख्नु भएको थियो । उक्त कार्यक्रममा बिदाइ भएर जाने तथा अधययनर विद्यार्थीको तर्फबाट पनि शुभकामना मन्तव्य राखिएको थियो । कलेजका प्रवन्ध निर्देशक किशोर कुमार पाण्डेले यो कलेज मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमै प्रयोगशाला , भवन , शिक्षकहरु, नतिजा र कलेजले दिने हर सुविधाहरुमा अग्रणी स्थानमा रहेको बताउनु भएको थियो ।

कार्यक्रममा प्रिन्सिपल दिपक बि-सी-ले अहिलेको जमानामा प्राविधिक शिक्षाको धेरै महत्त्व र अवसर रहेको र राम्रोसँग पढेर उत्तीर्ण हुनेलाई बेरोजगार बस्नु नपर्ने भनेर भन्नु भएको थियो । कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई अविर लगाएर र बिदाइ भएर जाने विद्यार्थीहरुलाई खादा अोडाएर र मायाको चिनो दिईएको थियो ।