ओखलढुंगाको नाम उच्च राख्न सफल बिशिष्ट व्यक्तित्वहरुलाई सम्मान

ओखलढुंगा,भाद्र,३-
सुर्यश्री ट्रस ओखलढुंगाले बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रजातन्त्रका लागी लड्ने व्यक्तिहरुलाई आन्दोलनको क्रममा रगत पसिना बगाएको भन्दै सम्मान गरेको हो । सिद्धिचरण नगरपालिका स्थित उद्योग बाणिज्य संघको सभाहलमा आज एक कार्यक्रम मार्फत नेपालको प्रजातान्त्रिक आन्दोलन एबम बिभिन्न क्षेत्रमा योगदान पुप्याएर जिल्लाको नाम उच्च राख्न सफल बिशिष्ट व्यत्तित्वहरुलाई योगदानको उच्च मुल्याङकन गर्दै ट्रसले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा टिम्बुरबोटे काण्डका अगुवा स्वर्गीय क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी पूर्ण कुमारी थापा, वाम तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा लोककृष्ण भट्टराई तथा प्रेमनारायण प्रेमी, प्रजातान्त्रिक आन्दोलनका अगुवा महेश कुमार कोर्मोचा र राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) रहेका छन् ।

उनीहरूलाई संस्थाका संरक्षक होमबहादुर श्रेष्ठ र प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले संयुक्तरूपमा सम्मान गरेका हुन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका स्वर्गीय सूर्यबहादुर श्रेष्ठको सम्झनामा नाती नातिनीहरूले उनी र उनकी धर्मपत्नी श्रीमाया श्रेष्ठको नाम समेटेर २०६२ सालमा सूर्यश्री ट्रष्ट स्थापना गरेका थिए ।

ट्रष्टले विभिन्न सामाजिक कामहरूमा देश तथा विदेशमा रहेर सहयोग गर्दै आइरहेको छ । यही क्रममा प्रजातान्त्रिक आन्दोलनमा भूमिका निभाउनेहरू र जिल्लाको लागि योगदान पु¥याउनेहरूलाई सम्मान गरिएको ट्रष्टका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठले बताए ।

सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार, पूर्व सांसद रामहरि खतिवडा, सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, सुनकोसी गाउँपालिकाका अध्यक्ष रूद्रप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवार, नेकपा एमाले (नेकपा) का उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो । सम्मान कार्यक्रमका वक्ताहरूले सूर्यश्री ट्रष्टले इतिहासलाई सम्मान गरेको टिप्पणी गरेका थिए ।