काँग्रेसले आज पोखरामा चुनावी सभा गर्दै

काठमाडौ, चैत ३०-
नेपाली काँग्रेसले आज पोखरामा प्रदेश नं ४ स्तरीय निर्वाचन केन्द्रित सभा गर्ने भएको छ । स्थानीय निकायको निर्वाचनलाई लक्षीत गर्दै काँग्रेसले विभिन्न स्थानमा चुनावी सुभा गर्दै आएको छ ।काँग्रेसले कैलालीको अत्तरिया, दाङको तुलसिपुर, भैरहवामा यसअघि सभा सम्पन्न गरिसकेको छ । भने आज कास्कीको पोखरामा सभाको आयोजना गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुने सभालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समितिका संयोजक एवम् वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, युवा नेता गगन थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई लक्षित गरी सबै किसिमका तयारी सम्पन्न भएको नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिनुभयो ।सभालाई भव्य र सभ्य बनाउन पार्टीका जिल्ला समितिअन्तर्गतका सबै समिति, भ्रातृ तथा शुभेच्छुक सङ्घलाई परिचालन गरिएको जानकारी दिनुभयो ।काँग्रेसले विभिन्न प्रदेशमा सभा गर्ने क्रममा अन्य तीन प्रदेशमा पनि सभा गर्ने छ ।