नादेझ्दा कप : उपाधीका लागी अाज नेपालले उज्बेकिस्तासंग भिड्ने

खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुने

काठमाण्डौं,भाद्र,२६-

किर्गीस्तानमा जारी चार देशीय ‘नादेझ्दा कप’ महिला फुटबलको फाईनल खेल आज (बिहिबार) हुँदैछ ।उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

अपडेट…..

( खेल सुरु भयो लाईभ खेल हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला )

किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । फिफा बरियतमा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।

पहिलो पटक अन्तराष्ट्रिय उपाधि जित्ने अभियानमा रहेको नेपाललाई समुह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अवसर समेत प्राप्त छ ।

समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो । गोलरक्षक र डिफेन्डरले बारम्बार गल्ती गर्दा नेपाल पराजित हुन पुगेको थियो । नेपाल फाइनल खेलमा सुधार गर्दै अन्तराष्ट्रिय भुमीमा ईतिहास रच्ने दाउमा हुनेछ । नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनल सम्मको यात्रा तय गरेको थियो ।

 नेपालको  घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी लागि नेपाल किर्गीस्तान पुगेको हो । १३ औं साग यहि मंसिर १५ बाट २४ सम्म हुनेछ ।

नेपाली टिम :

गोलकिपर : एन्जिला सुब्बा, अन्जना राना मगर

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर,कविता धिमाल, अस्मिता जैसी

मिडफिल्डर : मन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, शरु लिम्बु

फरवार्ड : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी, इन्दिरा राई

मुख्य प्रशिक्षक : हरि खड्का

सहायक प्रशिक्षक : अरुणा गुरुङ

गोलकिपर प्रशिक्षक : अस्मिता खवास

टिम म्यानेजर : पेमा लामा 

रहेका छन् ।